Listen LIVE

बर्दियामा एक गैंडा मृत भेटियो

बर्दिया : बर्दियामा एक वयस्क गैँडा मृत फेला परेका छ । गेरुवा गाउँपालिका वडा ६ असारेगौडी नजिक गेरुवा नदीको विचभागमा गैँडा मृत फेला परेको हो । 

मृत गैँडा करिब २१ वर्षको भाले गैंडा रहेको अनुमान गरिएको छ । गैँडा एक आपसमा जुधेर मरेको प्रारम्भिक अनुमान गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी महेश न्यौपानेले बताए । उनले गैँडाको खाग सुरक्षित रहेको बताउँदै पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र विस्तृत विवरण थाहा हुने बताए । 

गैँडा मृतअवस्थामा देखेपछि स्थानीयले बर्दिया राष्ट्रिय निकुञ्जमा खबर गरेका थिए । 

प्रतिक्रिया