Listen LIVE

सुनको मूल्य तोलामा एक हजारले घट्यो

नेपालगञ्ज : स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा एक लाख ६६ हजारमा कारोबार भएकामा आजका लागि भने एक लाख ६५ हजार निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ६० मा कारोबार भएकामा आजका लागि भने एक हजार नौ सय ५५ निर्धारण भएको छ ।

प्रतिक्रिया