काठमाण्डौ : नेपालले एसीसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ। नेपालले समूह 'डी'अन्तर्गतको खेलमा आज भुटानलाई ५१ रनले हराएको हो।
मलेसियाको कोल्जे टुंगुर जाफर ओभलमा नेपालले प्रस्तुत गरेको ११४ रनको लक्ष्य पछ्याएको भुटान २० ओभरमा आठ विकेट गुमाउँदै ६२ रनमा समेटियो।
भुटानका डिचेन वाङ्गमोले अविजित ३९ र चाडो ओमले ११ रन बनाए। अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालकी रुबिना क्षेत्रीले सर्वाधिक तीन विकेट लिइन्। रिया शर्माले दुई, कविता कुँवर र मनीषा उपाध्यायका नाममा एक–एक विकेट रह्यो।
त्यसअघि, टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ११३ रन बनाएको थियो।
नेपालकी सीता रानामगरले सर्वाधिक ३७ रनको योगदान गरिन् । रुबिना क्षेत्रीले २४, सोनी पाख्रिनले १३ र सम्झना खड्काले १० रन जोडे।
भुटानकी छिरिङ जाङ्गमो र सोनामले तीन–तीन विकेट लिए। अन्जु गुरुङले दुई, रित्शी छोडेन र रिया प्रधानले एकरएक विकेट लिए।
समुह डीमा दुई खेलबाट चार अंक जोडेको नेपाल शीर्ष स्थानमा छ। दुवै खेलमा पराजित भुटान अंकविहीन छ। हङकङ २ अंकसहित दोस्रो स्थानमा छ।
पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले हराएको थियो। भुटान हङकङसँग १४ रनले पराजित भएको थियो। नेपालले शनिबार हङकङसँग खेल्नेछ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार