नेपालगञ्ज : सुनको मूल्य शुक्रबार सात हजार एक सय रुपैयाँले बढेर तोलामा दुई लाख ५८ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुन १० ग्रामकै दुई लाख २१ हजार १९५ रुपैयाँ पुगेको छ ।
यसअघि बिहीबार छापावाल सुन तोलामा दुई लाख ५० हजार नौ सय रुपैयाँ कायम भएको थियो ।
यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार ७५ रुपैयाँले बढेर चाँदी तोलामा तीन हजार ३५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । यसअघि बिहीबार चाँदी तोलामा तीन हजार २७५ रुपैयाँ कायम भएको थियो ।
विगत एक महिनामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४३ हजार रुपैयाँ बढेको छ । गत भदौ ३० गते सुनको मूल्य प्रतितोला दुई लाख १५ हजार रुपैयाँ थियो ।
2025-10-17
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार