Listen LIVE

बीमाको रकम बाँकी हुँदा राप्ती प्रतिष्ठानमा औषधि वितरण घटाइयो

नेपालगञ्ज : स्वास्थ्य बीमा बोर्डले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ११ करोड भन्दा बढी रुपैयाँ भुक्तानी नगर्दा स्वास्थ्य बीमा कार्यक्रम प्रभावित भएको छ।

बिरामीलाई औषधि उपलब्ध गराउने तथा आवश्यक केमिकल खरिद गर्नका लागि ११ करोड भन्दा बढी दायित्व सिर्जना भइसकेको तथा उक्त रकम बीमा बोर्डले भुक्तानी नगर्दा प्रतिष्ठानको स्वास्थ्य बीमा सेवा  कार्यक्रम प्रभावित भएको जनाइएको हो।

प्रतिष्ठानले एक सूचना जारी गर्दै आगामी फागुन १८ गतेदेखि बीमा अन्तर्गतको औषधि वितरण ३ महिनाबाट १ हप्तामा सीमित गरिने तथा प्रयोगशाला तथा रेडियोलोजीका परीक्षणहरु स्थगित गरिने जनाएको छ।

प्रतिष्ठानका निमित्त निर्देशक डा जनार्दन पन्थी हस्ताक्षर गरेको उक्त सुचना फागुन ९ गतेको निर्णयअनुसार निकालिएको बताइएको छ।

प्रतिक्रिया