Listen LIVE

सुनचाँदीको मूल्य घट्यो

नेपालगञ्ज : आज पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको हो ।

जसअनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार हुनेछ । यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर सोमबार प्रतितोला १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया