नेपालगञ्ज : लुम्बिनी प्रदेशमा ३५९ जना डेंगुका रोगी भेटिएका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यस सिजनमा हालसम्म पाल्पा जिल्लामा सबै भन्दै धेरै १४७ जना डेंगु रोगी भेटिएका छन् ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी एवं वरिष्ठ तथ्याङ्क अधिकृत मान बहादुर ओलीका अनुसार रुकुम पूर्व जिल्लामा १, रोल्पामा ३, प्युठानमा ६, अर्घाखाँचीमा ११, पाल्पा जिल्लामा १४७, नवलपरासी पश्चिममा जिल्लामा १, रुपन्देही जिल्लामा ८४, दाङमा६८, बाँके ३० बर्दिया ८ गरी ३५९ जना डेंगु रोगी भेटिएका छन् । प्रदेशको कपिलवस्तु र गुल्मी जिल्लामा डेंगु रोगी भेटिए पनि प्रदेशको तथ्याङ्कमा भने उल्लेख छैन ।
प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना ओलीका अनुसार डेंगु रोगीले उपचार गरेको स्वास्थ्य संस्थाको आधारमा प्रदेशमा तथ्याङ्क राख्ने गरिन्छ । त्यही कारणले गुल्मी र कपिलवस्तु जिल्लाका डेंगु रोगका बिरामीले अन्य जिल्लामा उपचार गराएकोले तथ्याङ्कमा नसमेटिएको उनले खुलाए ।
सङ्घीय स्वास्थ्य मन्त्रालयले भने बिरामीको ठेगानाको आधारमा तथ्याङ्क राख्ने हुँदा गुल्मी र अर्घाखाँचीमा डेंगु रोगी भेटिएको उल्लेख गरेको छ । यो डेंगु रोग पुस माघ महिनासम्म वृद्धि हुने गर्दछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार