Listen LIVE

चिडिमार समुदायका लागि गरिएको स्वास्थ्य शिविर सम्पन्न

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ को वेलासपुरमा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

चिडिमार समुदायको हकहित र सेवामा सक्रिय बहेलिया चिडिमार विकास समाजको आयोजनामा शुक्रबार उक्त स्वास्थ्य शिबिर सम्पन्न भएको हो ।

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भएको शिबिरमा २५४ जनाले सेवा लिएको बहेलिया चिडिमार विकास समाजका अध्यक्ष रामु चिडिमारले जानकारी दिए । निःशुल्क स्वास्थ्य शिबिर सञ्चालनका लागि नेपालगञ्जस्थित भिजन आँखा अस्पताल, ब्रिनोज कान सामुदायिक सेवा केन्द्र, बास नेपाल बाँके शाखा र गौरव स्मृती तथा बियोर सेल्फ फाउण्डेशनको सहकार्य रहेको थियो । 

शिबिरमा कान र आँखाको जाँच गरिएको थियो । शिबिरमा जाँच गरिएका बिरामीहरुमध्ये आँखा र कानको शल्याक्रिया गर्नुपर्ने देखिएका बिरामीहरु अस्पताल गएमा ५० प्रतिशत छुटमा उपचार गरिने आयोजक संस्था बहेलिया चिडिमार विकास समाजका अध्यक्ष रामु चिडिमारले बताए । 

स्वास्थ्य शिबिरमा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव तथा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, बास नेपालका कार्यक्रम संयोजक रबिन्द्र बोहरा, गौरव स्मृती तथा बियोर सेल्फ फाउण्डेशनका अध्यक्ष प्रदिप साहु, बहेलिया चिडिमार विकास समाजका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया