काठमाण्डौ : केही दिन यता लगातार बढेर हरेक दिन जसो नयाँ रेकर्ड बनाउँदै गएको सुनको मूल्य बिहीबार भने घटेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा केही गिरावटसँगै बिहिबार नेपाली बजारमा पनि सुनको मूल्य घटेको छ ।
बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ६०० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ । बुधबार तोलाको एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भएर हालसम्मकै उच्च मूल्य पुगेको सुन बिहिबार तोलामा ७०० रुपैयाँले घटेको हो ।
बिहीबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । बुधबार तोलाको २१३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार २०९५ मा कारोबार भइरहेको छ ।
2024-10-24
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार