Listen LIVE

साढे दुई लाख नाघ्यो सुनको मूल्य

नेपालगञ्ज : बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य रु. पाँच हजार ९०० ले वृद्धि भएको छ । चाँदीको मोल पनि तोलामा रु. १७० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५० हजार २०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु. तीन हजार ३४५ मा कारोबार भइरहेको छ ।

बुधबार एक तोला सुन रु. दुई लाख ४४ हजार ३०० र चाँदी रु. तीन हजार १७५ मा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया