नेपालगञ्ज : प्रतिबन्धित भारतीय नोटसहित बाँकेमा एक जना पक्राउ परेका छन् । अवैध भारतीय रुपैयाँसहित नेपालगञ्ज ४ का धिरेन्द्र सिजापति पक्राउ परेका हुन् ।
सिजापतिले सञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा भारतीय रुपैयाँ रु.५ सयको ६५० वटा र २ सयको ३१६ वटा गरी ३ लाख ८८ हजार २ सय भारतीय रुपैयाँसहित उनलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।
बरामदका रकम सहित सिजापतिलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।
2024-10-05
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार