Listen LIVE

दाङमा १ सय ५७ जनामा स्क्रब टाइफसको संक्रमण

दाङ : दाङमा स्क्रब टाइफसका बिरामीहरूको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा २०८१ सालको पछिल्लो पाँच महिनामा मात्रै १ सय ५७ जना बिरामीहरूमा स्क्रब टाइफसको संक्रमण भेटिएको छ ।

स्क्रब टाइफसको लक्षण देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार गराउन आएका अधिकांश बिरामीहरूमा परीक्षण गर्दा सो रोगको संक्रमित बिरामीहरूको सङ्ख्या निरन्तर बढिरहेको छ ।

प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार, वैशाखदेखि भदौ २७ गतेसम्म १,३८४ जनाले स्वास्थ्य परीक्षण गराउँदा १ सय ५७ जनामा संक्रमण पोजेटिभ देखिएको छ । स्क्रब टाइफसका पोजेटिभ बिरामीहरूमा ज्वरो आउने, पसिना आउनेजस्ता लक्षण देखिने गरेका छन् ।

चिकित्सकहरुका अनुसार यो रोगको समयमै उपचार गरिए निको हुन्छ, तर ढिलो भयो भने ज्यान गुमाउने जोखिम समेत रहन्छ । जिल्लामा २०७९ साउनदेखि २०८० असार मसान्तसम्म ३, हजार ९ सय ४२ जनामा परीक्षण गर्दा ७ सय ३६ जनामा स्क्रब टाइफस पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया