Listen LIVE

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ?

नेपालगञ्ज : सुनचाँदी बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

अघिल्लो दिन प्रतितोला रू एक लाख ६० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू तीन सयले घटेर रू एक लाख ६० हजार एक सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज आइतबारको तुलनामा चाँदीको मूल्य प्रतितोला रू १५ ले घटेर रू एक हजार आठ सय ५० तोकिएकोे छ । चाँदी अघिल्लो दिन प्रतितोला रू एक हजार आठ सय ६५ मा किनबेच भएको थियो ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार सात सय ५६ अमेरिकन डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया