नेपालगञ्ज : गर्मी अत्यधिक बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा फेरि विदा दिएको छ । अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि असार १० देखि १२ गतेसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखाका बरिष्ठ शिक्षा अधिकृत लोकेन्द्र बहादुर शाहीले बताए । अत्यधिक गर्मीका कारण नेपालगञ्ज उपमहानगरपालिकाले यस अघि पनि गत जेठ २६ देखि २९ गतेसम्म चार दिन विद्यालयमा विदा दिएको थियो ।
अत्याधिक गर्मी मौसमका कारण विद्यार्थीलाई विद्यालय आवतजावतमा कठिनाई भई उनीहरुको स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई मध्यनजर गर्दै जल तथा मौसम विज्ञान विभाग लगायत सरोकारवालाको सुझावसमेतका आधारमा तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको शाहीले बताए । अब नेपालगञ्जका विद्यालय पाँच दिनपछि सोमबार मात्रै खुल्नेछन् । बर्षा नहुँदा नेपालगञ्जमा केही दिन यता तापक्रम निकै बढेको छ । गर्मीका कारण जनजीवन प्रभावित भएको छ ।
साथै उक्त विदाको समयमा सबै विद्यार्थीहरूलाई पर्याप्त गृहकार्यको व्यवस्था गरी स्व–अध्ययनलाई व्यवस्थित गरेर आवश्यक सहजीकरण गर्नसमेत विद्यालयहरूलाई अनुरोध गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार