यदुराज मिश्र/नेपालगञ्ज : देश चुनावी रङले ढाकिँदै जाँदा त्यसको प्रभाव राजनीतिक गतिविधिमा मात्र सीमित छैन, यसको प्रत्यक्ष असर स्थानीय अर्थतन्त्र र समग्र बजारमा देखिन थालेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूको दौडधुप, सभा–समारोह र कार्यकर्ता परिचालन बढेसँगै बजारमा पनि चहलपहल व्यापक बढेको छ ।
केही महिनाअघिसम्म सुनसानजस्तै देखिने बाँकेका बजार क्षेत्र अहिले राजनीतिक भेटघाट, रणनीति बैठक र चुनावी कार्यक्रमले भरिन थालेका छन् । होटेल, लज र रेस्टुरेन्टमा चहलपहल बढेको छ भने यातायात व्यवसाय, छपाइ उद्योग, साउन्ड सिस्टम र प्रचार सामग्रीसम्बन्धी कारोबार उल्लेख्य रूपमा बढेको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टंक धामीका अनुसार दैनिकजसो सबै दलका उम्मेदवारका कार्यक्रम भइरहेकाले स्थानीय व्यवसायमा नयाँ जीवन आएको छ ।
निर्वाचन प्रचारप्रसारसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ । सवारी साधनको माग उच्च छ र साना व्यवसायीहरूमा समेत आशा पलाएको देखिन्छ । अर्थ मन्त्रालयले निर्वाचन प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड बराबर स्रोत सहमति प्रदान गरेको छ । जसले अर्थतन्त्रमा अस्थायी भएपनि चलायमान बनाउने अपेक्षा गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार