नेपालगञ्ज : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु. एक लाख ६९ हजार छ सय तोकिएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला रु. एक लाख ६८ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रु. एक हजार चार सयले बढेको हो ।
त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला रु. एक हजार नौ सय ७५ तोकिएको छ । आइतबार सोही परिमाण चाँदी रु. एक हजार नौ सय ६० मा कारोबार भएको थियो । नेपालमा सुन तथा चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा घटबढ हुने गरेको छ । हाल अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार आठ सय ७९ अमेरिकन डलर आसपास कारोबार भइरहेको छ ।
2025-02-10
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार