Listen LIVE

सुनको मूल्य प्रतितोला २ लाख २३ हजार रुपैयाँ पुग्यो

नेपालगञ्ज : आज नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्चस्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख २३ हजार रुपैयाँ तोकिएको छ।

गत मङ्गलबार प्रतितोला २ लाख २१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ हजार रुपैयाँले बढेको हो। 

यसैगरी, तेजाबी सुन प्रतितोला २ लाख २२ हजार ३०० रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मजबुती, कच्चा तेलको मूल्यवृद्धि र भूराजनीतिक तनावका कारण लगानीकर्ताहरू सुरक्षित मुद्राको रूपमा सुनतर्फ आकर्षित हुँदा मूल्य निरन्तर बढिरहेको विश्लेषकहरूले बताएका छन्।

प्रतिक्रिया