Listen LIVE

नेपाल अर्बुद रोग निवारण बाँकेको साधारण सभा सम्पन्न

नेपालगञ्ज : नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय उपमहासचिव प्रकाश खतिवडाले क्यान्सर रोकथाम तथा जनचेतना वृद्धिमा संस्थाको योगदानको चर्चा गर्दै भावी योजनाबारे जानकारी दिएका छन् ।

नेपाल अर्बुद रोग निवारण संस्था बाँके शाखाको २३औं वार्षिक साधारण सभामा प्रमुख अतिथीको आसनबाट बोल्दै उनले क्यान्सर रोकथामका लागि संस्था प्रतिबद्ध रहेको बताए ।

संस्थाको बाँके शाखाका सभापति दमनकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाकी सचिव सीता गुरुङले बार्षिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन् ।

केन्द्रीय उपमहासचिव खतिवडाले उदघाटन गरेको साधारण सभामा बाँकेकी उपसभापति डाक्टर सन्तोष शर्माले स्वागत मन्तब्य राखेका थिए । कोषाध्यक्ष सहाबुद्दिन बागवानले वार्षिक आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए । 

कार्यक्रममा शाखाका सभापति श्रेष्ठले क्यान्सर रोकथाम, जनचेतना र उपचारका क्षेत्रमा संस्थाले गरिरहेको कामलाई निरन्तरता दिँदै आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । 

उनले २३औं जिल्ला सभा सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सबैमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया