Listen LIVE

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाण्डौ : नेपाली बजारका शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ । बिहीबार दुई हजार दुई सय रुपैयाँले घटेको सुनको मूल्य आज एक सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासङ्घले आज छापावाल सुनको मूल्य एक लाख ६० हजार एक सय रुपैयाँ पुगेको जनाएको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले वृद्धि भएको छ । योसँगै चाँदीको मूल्य प्रतितोला एक हजार ९१० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया