काठमाण्डौ : पूर्वयुवराज पारस शाहलाई हृदयाघातको लक्षण देखिएपछि नर्भिक अस्पताल भर्ना भएका छन्। निवासमै आइतबार साँझ हृदयाघातको लक्षण देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा पु¥याइएको पूर्वाराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणी पाठकले थाहा खबरलाई जानकारी दिए। पाठकले दिएको जानकारीअनुसार अहिले पारसलाई आइसियुमा राखेर उपचार भइरहेको छ। अस्पतालमा पूर्वरानी तथा पारसकी ममी कोमल राज्यलक्ष्मी बसेकी छन्।
अहिले पारसको अवस्था सुधारोन्मुख रहेको बताइएको छ। पारसलाई योसहित चौथोपटक हृदयाघात भएको हो।
2025-03-03
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार