मुगु : मुगुमा ५७ प्रतिशत महिलाले सुरक्षित गर्भपतनको सेवा लिने गरेको पाइएको छ । १ वर्षको तथ्याङ्क हेर्दा यस्तो देखिएको हो ।
३३ वटा सूचीकृत बर्थिङ संस्थाहरूमा गएको आर्थिक वर्षमा एक हजार एक सय १८ जनाले सुरक्षित गर्भपतन सेवा लिए पनि एक हजार नौ सय ६८ जना गर्भवतीले उक्त सेवा लिएको पाइएको थिएन । जिल्ला स्वास्थ्य कार्यालय मुगुकी अस्पताल नर्सिङ सहायक मनीषा चौलागाईंका अनुसार जिल्लाको चार वटा पालिकाका सेवाग्राहीले यसरी सुरक्षित गर्भपतन सेवा लिनेमध्ये २० वर्षभन्दा मुनिका एक सय ३४ जनाले सुरक्षित गर्भपतन गराएका छन् ।
नौ सय ८४ जनाले २० वर्षभन्दा माथि उमेर समूहकाले गर्भपतन गराएका हुन् ।
2024-08-25
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार