काठमाण्डौ : फागुन २१ को निर्वाचनलाई लक्ष्यित गरेर विभिन्न राजनीतिक दलले आआफ्ना घोषणापत्रमा खेलकुदलाई प्राथमिकतामा राखेका छन् । सार्वजनिक गरेका अधिकांश दलले घोषणापत्रमा खेलकुदको विकासको बुँदालाई समेटेका छन् । विगतमा प्रायः दलको चुनावी घोषणापत्रमा खेलकुद कम प्राथमिकतामा पर्दथ्यो ।
खेलकुदमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण, पाठ्यक्रममा खेलकुद समावेश, विभिन्न पदक विजेतालाई पुरस्कारको व्यवस्था नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत सबैजसो दलको घोषणापत्रमा उल्लेख गरिएको छ । प्याराग्लाइडिङ, ¥याफ्टिङ, कायकिङ, क्यानोनिङ, रक क्लाइम्बिङ र जिप–लाइनिङ जस्ता साहसिक खेलको विकास गरी पर्यटन क्षेत्रलाई टेवा पुग्ने गरी ‘स्पोर्टस टुरिजम’ को अवधारणा पनि सबै दलको प्राथमिकतामा रहेको छ ।
नेकपा (एमाले) ले ‘ऊर्जावान् खेलाडी, देशको सान’ भन्ने नाराका साथ खेलकुदको घोषणापत्र जारी गरेको छ । सो घोषणापत्रमा नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन आवश्यक सबै प्रबन्ध मिलाउने र अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई आकर्षक पुरस्कार र सम्मान उपलब्ध गराउने उल्लेख गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार