Listen LIVE

भेरी अस्पतालको ओपीडी सेवा आजदेखि नियमित

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जको ओपीडी सेवा आजदेखि पुनः नियमित रूपमा सञ्चालन भएको छ ।

दशैं विदाका कारण बन्द भएको ओपीडी लगायतको सेवा आजदेखि पूर्वनिर्धारित समयअनुसार सञ्चालन भएको अस्पतालले जनाएको छ ।

अस्पतालले दशैंका कारण सीमित रूपमा सञ्चालन भइरहेका केही सेवाहरू पनि आजदेखि नियमित भएको जनाएको छ ।

प्रतिक्रिया