Listen LIVE

राजस्व कार्यालय नेपालगञ्जले लक्ष्य अनुसारको राजस्व उठाउन सकेन

नेपालगञ्ज : आन्तरिक राजस्व कार्यालय, नेपालगञ्ज विगत २ वर्षदेखि लक्षित राजस्व असुल गर्न असफल देखिएको छ । ०७८/७९ मा १०४.८८ प्रतिशत लक्ष्य पूरा गरको आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले आव ७९/८० र आव ८०/८१ मा भने राजस्वको लक्ष्य प्राप्त गर्न असफल देखिएको छ ।

नेपालगञ्ज कार्यालयले आव ०७८/७९ मा ५ अर्व २२ करोड लक्ष्य पाएकोमा त्यसलाई पूरा गर्दै ५ अर्व ४७ करोड राजस्व असुली गरेको थियो । त्यस यताको २ वर्ष भने नेपालगन्जबाट राजस्वको लक्ष्य प्राप्त हुन सकेको छैन । आव ७९/८० मा नेपालगन्जलाई ७ अर्व ९६ करोड लक्ष्य प्राप्त भएकोमा ५ अर्व ९२ करोड असुल गर्दै लक्ष्यको ७४.३८ प्रतिशत मात्र सफलता प्राप्त गर्न सफल भएको थियो । आव ८०/८१ मा पनि नेपालगञ्जबाट लक्ष्य प्राप्त गर्न कार्यालय असफल देखिएको छ । आव ८०/८१ मा नेपालगन्जलाई बिभागले ७ अर्व ६९ करोडको लक्ष्य दिएको थियो । तर नेपालगञ्ज कार्यालयबाट ६ अर्व ४४ करोड राजस्व संकलन गर्दै ८३.७२ प्रतिशतमा चित्त बुझाएको छ ।

विगत २ वर्षमा स्वास्थ्य सेवा शिर्शकमा लक्ष्य भन्दा धेरै राजश्व असुली भएकोमा गत आवमा भने स्वास्थ्य सेवामा समेत लक्ष्य हासिल गर्न कार्यालय असफल भएको छ । ०७८/७९ मा १८०३ प्रतिशत स्वास्थ्य सेवामा राजश्व असुलेको कार्यालयले आव ०७८/७९ मा १७६ प्रतिशत र गत आवमा ६६.३३ प्रतिशत मात्र राजश्व असुली गरेको देखिएको छ ।

बजारमा देखिएको आर्थिक शिथिलता र आर्थिक मन्दीका कारण लक्ष्य हासिल गर्न नसकिएको आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका प्रमुख सुदिश अर्यालले बताए । ठुला करदाताहरु बिभागबाटै भुक्तानी गर्ने र कारोबार बढ्ने घट्ने भएका कारण बिभागले तोक्ने लक्ष्यमा तलमाथी हुने गरेको बताउँदै अर्यालले आव ७९/८० मा लक्ष्यमा कमजोर देखिएपनि गत वर्ष तुलनात्मकरुपमा त्यसमा सुधार भएको बताए ।

प्रमुख अर्यालयका अनुसार नेपालगञ्जमा सबै भन्दा बढी अन्तशुल्कबाट राजश्व असुली हुने गर्दछ । त्यसपछि भने आयकर र मुल्यअभिबृद्दी करबाट राजश्व उठने उनले बताए । सरकारले स्वास्थ्य सेवा कर खारेज गरेका कारण पुरानो बक्यौता मात्र उठ्ने गरका कारण स्वास्थ्य सेवा कर क्रमशः घट्दै जाने उनले स्पष्ट पारे ।

प्रतिक्रिया