नेपालगञ्ज : नेपालगञ्जस्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) ले भारतबाट आउने र जाने मालवाहक गाडीको प्रवेश, तौल र पार्किङ गर्दा चर्को शुल्क असुली गरिरहेको गुनासो गर्दै स्थानीय उद्योगी व्यवसायीले शुल्क घटाउन माग गरेका छन् ।
आइसिपी व्यवस्थापनका लागि सरकारले जिम्मा दिएको टिआरएस एटलस लोजिपार्क प्रालिले चर्को शुल्क लगाउँदा विदेशबाट आयात गरिएको वस्तुको बजार भाउ वृद्धि भई त्यसको सिधा असर उपभोक्तामा पर्न थालेपछि उद्योगी व्यवसायीले घटाउन माग गरेका हुन् ।
उद्योगी व्यवसायीको साझा संस्था नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आइसिपीबाट मालसामान आयातनिर्यात गर्दा चर्को प्रवेश, तौल र पार्किङ शुल्क असुल गरिएको जनाउँदै तत्काल घटाउन माग गरेको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले शुल्क नघटाइए स्थानीय उद्योगी व्यवसायीले नेपालगञ्ज नाकाको विकल्प खोज्न बाध्य हुने चेतावनी दिए ।
आइसिपी हुँदै आउने एउटा मालवाहक गाडीबाट टिआरएस एटलस लोजिपार्क प्रालिले प्रवेश शुल्कबापत २५९ देखि ३१३ रुपैयाँ, पार्किङ शुल्क पहिलो दिन ५१८ देखि ६९० रुपैयाँ र त्यसपछि प्रतिदिन दोब्बर बढाउने गरेको र एउटा गाडी तौल गर्दा २८५ रुपैयाँ असुल गर्ने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार