Listen LIVE

नेपालगञ्जमा बिद्युतको बक्यौता असुली अभियान तीव्र

नेपालगञ्ज : नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले विद्युत् महसुल बक्यौता नतिर्ने ग्राहकविरुद्ध कडाइका साथ सञ्चालन गरेको अभियानबाट एक सातामै २१ लाखभन्दा बढी रकम असुल गरेको छ ।

मङ्सिर १४ गतेदेखि सुरु गरिएको अभियानअन्तर्गत अहिलेसम्म ५२ लाख १३ हजार ४ सय ६१ रुपैयाँ बराबरको बक्यौता असुलीका लागि कुल ३२२ जना ग्राहकको विद्युत् लाइन काटिएको नेपालगञ्ज वितरण केन्द्रले जनाएको छ ।

आइतबार मात्र १७ लाख ९७ हजार १ सय ७७ रुपैयाँ बक्यौता रहेका १२१ ग्राहकको लाइन काटिएको थियो । तीमध्ये १ सय ३३ जना ग्राहकले बक्यौता तिरेपछि लाइन पुनः जडान गरिएको छ । यसैक्रममा २१ लाख ७६ हजार ५ सय १७ रुपैयाँ उठेको वितरण केन्द्रका प्रमुख संजय कुमार मिश्राले जानकारी दिए ।

आइतबार मात्रै ६ लाख ८९ हजार ४ सय ३१ रुपैयाँ असुल भएपछि ४४ जनाको विद्युत् सेवा पुनः सुचारु गरिएको केन्द्रले जनाएको छ । यही क्रममा कालोपाटीमा सूचिकृत एक जना ग्राहकबाट १ लाख रुपैयाँ बक्यौतासमेत असुल गरिएको छ ।

बक्यौता असुली अभियान अझ कडाइका साथ निरन्तर जारी रहने प्रमुख मिश्राले बताउँदै भने, ‘सबै ग्राहकलाई समयमा नै विद्युत् महसुल तिर्न आग्रह गर्दछु । प्राधिकरणको विनियम अनुसार ६१ दिनभन्दा बढी बक्यौता राख्ने ग्राहकको विद्युत् लाइन जुनसुकै बेला काट्न सकिने व्यवस्था छ ।

प्रतिक्रिया