काठमाण्डौ : नेपालमा डेंगु संक्रमणको प्रकोप बढ्दै जाँदा ६ जिल्ला उच्च जोखिममा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसवर्ष गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ ।
पछिल्लो तथ्यांक अनुसार गण्डकी प्रदेशमा मात्र यस वर्ष १३ हजार ८९८ जना संक्रमित भेटिएका छन्, जुन देशभरका कूल संक्रमितको झण्डै ५० प्रतिशत हो । गण्डकी प्रदेशमा डेंगुका कारण ८ जनाले ज्यान गुमाइसकेका छन् । देशभर भने डेंगुबाट १२ जनाको मृत्यु भएको छ ।
प्रदेशभित्र सबैभन्दा धेरै प्रभावित जिल्ला कास्की छ । जहाँ ७ हजार १६१ संक्रमित फेला परेका छन् । त्यसैगरी तनहुँमा २ हजार २२६ जना संक्रमित भेटिएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार यसवर्ष २८ हजार २१२ संक्रमित भएका भएका छन् । काठमाडौं उपत्यकामा पनि संक्रमणको दर उच्च रहेको छ । काठमाडौंमा ४ हजार ३१३ र ललितपुरमा १ हजार १११ संक्रमित भेटिएका छन् । त्यसैगरी पर्वतमा १ हजार ६७७ र चितवनमा १ हजार ९९ संक्रमित पुष्टि भएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार