नेपालगञ्ज : बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार पाँच सय रुपैयाँ निर्धारण गरेको छ ।
बुधबार प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपियाँमा कारोबार भएको थियो ।
यसै गरी, आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला २०१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १९६० रुपैयाँ कायम गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा आएको उच्च गिरावटले नेपालमा प्रभाव देखिएको हो । अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा दैनिक सुनचाँदीको मूल्य समायोजन हुँदै आएको छ ।
2024-11-07
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार