नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीस्थित गणेश माध्यमिक विद्यालयको निर्माणाधीन भवन पर्याप्त बजेट नहुँदा अधुरो छाडिएको छ । लुम्बिनी प्रदेश सरकारको २० लाखको लागतमा दुई कोठे भवन निर्माण थालिएकामा रकम अपर्याप्तताका कारण अधुरै रहेको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद रेग्मीले भने, ‘कक्षाकोठा अभाव भएकाले प्रदेश सरकारको सहयोगमा काम थालियो तर पर्याप्त पैसा नहुँदा भवन बनाउन सकिएको छैन । भवन नहुँदा विद्यार्थी टिनको छानामुनि पढ्न बाध्य छन् ।’ कक्षा १२ सम्म पढाइ हुने यो विद्यालयमा हाल ४४० विद्यार्थी अध्ययनरत् छन् ।
तराईको गर्मीमा टिनको छानामुनि पढ्नुपर्ने बाध्यताबाट बालबालिकालाई मुक्त गर्न आफूहरु क्रियाशील रहेको राप्तीसोनारी गाउँपालिका वडा नंं ९ का वडाध्यक्ष सोहनलाल थारुले बताए । दाता तथा सरकारी निकायसँग भवन पूरा गर्न आवश्यक रकमको व्यवस्थाका लागि आफू लागिपरेको उनले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार