बर्दिया : नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बर्दियाले पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेको छ । गुलरिया नगरपालिका –७ बस्ने पत्रकार एवं समाजसेवी कमलराज पौडेलले अक्षयकोष स्थापना गर्न एक लाख एक हजार एकसय ११ रुपियाँ सहयोग गरेपछि अक्षयकोष स्थापना भएको हो ।
बर्दियाका सञ्चारकर्मीलाई पत्रकारिता क्षेत्रमा टिकाई हौसला प्रदान गर्ने अभिप्रायले अक्षयकोष स्थापना गरिएको छ । अक्षय कोषबाट प्राप्त ब्याज रकमले बार्षिक एक जना पत्रकारलाई सम्मानसहित पुरस्कार प्रदान गर्ने नेपाल पत्रकार महासङ्घ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बताए ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको विषयमा कलम चलाउनुका साथै अभियान चलाए कमलराज पौडेललाई बेलायतमा रहेको संयुक्त राष्ट्रवादी नेपाली सङ्गठनले ३०३ औं पृथ्वी जयन्तीको अवसरमा पृथ्वी पुरस्कार बापत सम्मानसहित एक लाख रकम पुरस्कार प्रदान गरेको थियो । पुरस्कारबाट प्राप्त रकम उहाँले अक्षयकोष स्थापनाका लागि रकमको चेक हस्तान्तरण गरे ।
पौडेलले पुरस्कार रकम बर्दियाका पत्रकारलाई वृद्धि विकास तथा प्रोत्साहनमा सम्मानस्वरुप रकम हस्तान्तरण गरेको बताए । उनले पत्रकारितामा काम गरिरहँदा पत्रकार पिरमर्का बुझेर अक्षयकोष स्थापना गर्न सुरु गरिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश अहिराजले महासङ्घमा आबद्ध सम्पूर्ण जेहेन्दार तथा लगनशील पत्रकारलाई सहयोग पुग्ने उनले बताए । उनले देशको सीमा, इतिहास र गौरव जोगाउन पत्रकारले एक भएर कलम चलाउन अनुरोध गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार