गुल्मी : गुल्मीमा ब्याडमिन्टन प्रतियोगिता हुनेभएको छ । जिल्ला ब्याडमिन्टन संघ, गुल्मीको आयोजनामा आगामी जेठ १५ र १६ गते जिल्ला ब्याडमिन्टन संघको कभर्ड हलमा प्रथम प्रदेशस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुनेभएको हो ।
विभिन्न छ विधामा दुई दिनसम्म प्रतियोगिता सञ्चालन गरिने जिल्ला ब्याडमिन्टन संघ, गुल्मीका अध्यक्ष भरत थापाले जानकारी दिए । अध्यक्ष थापाका अनुसार खुल्ला पुरुष डबल्स समूह ए र बी, मास्टर भेट्रान पुरुष डबल्स ३५ प्लस र ४५ प्लस, सुपर भेट्रान पुरुष डबल्स ५५ प्लस, खुल्ला पुरुष डबल्स सी लेवल, खुल्ला पुरुष एकल र भूपू ९० प्लसका विधामा प्रतियोगता सञ्चालन हुनेछ ।
यस प्रतियोगितामा लुम्बिनी प्रदेशका सबै जिल्लाका ब्याडमिन्टन खेलाडीहरुले उक्त विधामा भाग लिन पाउनेछन् । लुम्बिनी प्रदेशका खेलाडीहरुको सहभागितामा खेलकुदको विकास र खेलाडीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यसहित प्रथम प्रदेशस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।
यसैगरी, रेसङ्गा नगरपालिकाले सञ्चालन गरेको 'जाऊँ हिँड् रेसुङ्गा' अभियानलाई सहयोग पु¥याउनका लागि पनि प्रदेशस्तरको खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा विजयी हुने खेलाडीहरूलाई ट्रफी, पदक, प्रमाणपत्रसहित नगद पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।
खुल्ला पुरुष डबल्स समूह ए र बी मा प्रथमलाई ४० हजार, द्वितीयलाई २५ हजार र तृतीयलाई १५ हजार रुपियाँ प्रदान गरिनेछ । मास्टर भेट्रान पुरुष डबल्स ३५ प्लस र ४५ प्लसमा प्रथमलाई ३५ हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । सुपर भेट्रान पुरुष डबल्स ५५ प्लसमा प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई सात हजार रुपैयाँ प्रदान गरिनेछ ।
यसैगरी, खुल्ला पुरुष डबल्स सी लेवलमा प्रथमलाई २५ हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ । खुल्ला पुरुष एकलमा प्रथमलाई २० हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । भूपू ९० प्लसमा प्रथमलाई २५ हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार रुपैयाँ प्रदान आयोजकले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार