Listen LIVE

नेपालगञ्जमा पहिलो पटक फुड फेस्टिभल शुरु

नेपालगञ्ज : बाँकेका होटल व्यवसायीहरूले पर्यटन प्रवद्र्धन, स्थानीय परिकारको पहिचान तथा होटल र रेस्टुरेन्ट व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले तीन दिने सडक खाना महोत्सवको आयोजना गरेका छन् ।

नेपालगञ्जमा पहिलो पटक आयोजना गरिएको उक्त सडक खाना महोत्सवमा रैथाने परिकारदेखि पाँचतारे होटलसम्मका विविध परिकारहरू एकै स्थानमा उपलब्ध गराइएको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कँडेलले बताए ।

नेपालगञ्ज–१, वाटरपार्क परिसरमा होटल व्यवसायी संघ बाँके र होटल संघ नेपाल बाँकेको संयुक्त आयोजनामा सञ्चालन गरिएको …नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल–२०८३Ú को नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले उदघाटन गरेका हुन् ।

बाँके, बर्दिया तथा सीमा पारिका भारतीय नागरिकलाई लक्षित गरी आयोजना गरिएको उक्त महोत्सवमा विभिन्न प्रकारका खाना परिकार, लाइभ म्युजिक, सांस्कृतिक प्रस्तुति तथा अन्य आकर्षक गतिविधिहरू सञ्चालन भइरहेको होटल संघ नेपाल बाँकेका अध्यक्ष दिवाकर खनालले बताए ।

उनका अनुसार महोत्सवमा स्थानीय रैथाने परिकारसँगै होटलका विशेष परिकार तथा विभिन्न ब्रान्डका पेय पदार्थहरू पनि सहुलियत मूल्यमा उपलब्ध छन् ।

मनोरञ्जनका लागि लोकप्रिय æदि फिरन्ते ब्यान्डÆ को विशेष प्रस्तुति तथा राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुति समेत भइरहेको अध्यक्ष खनालले जानकारी दिए ।

उदघाटन कार्यक्रममा होटल संघ नेपाल -हान) का केन्द्रीय अध्यक्ष विनायक शाह र होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष शंकर भण्डारीले यस्ता महोत्सवहरूले शहरको स्वाद चिनाउनुका साथै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।

तीन दिन मध्यरातसम्म सञ्चालन हुने उक्त महोत्सवमा ५५ वटा स्टलमार्फत सहुलियत मूल्यमा विभिन्न खाना परिकार तथा पेय पदार्थ उपलब्ध गराइएको होटल संघ नेपाल -हान) बाँकेका वरिष्ठ उपाध्यक्ष केशव न्यौपानेले जानकारी दिए । उनले पाँचतारे होटलमा पाइने स्वादसमेत सडकमा सस्तो मूल्यमा उपलब्ध गराइएको बताए ।

प्रतिक्रिया