Listen LIVE

प्रदेश खेलकुद मन्त्रीद्वारा क्षेत्रीय खेलकुद विकास समितिको निरीक्षण

नेपालगञ्ज : लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डे तथा प्रदेश सभा सदस्य अम्बिका काफ्लेले साबिक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको नेपालगञ्जस्थित भौतिक संरचनाको संयुक्तरूपमा निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा खेलकुद पूर्वाधारको वर्तमान अवस्था, आवश्यक सुधार तथा दीर्घकालीन विकास योजनाबारे विस्तृत छलफल गरिएको थियो । मन्त्री पाण्डेले प्रदेशमा खेलकुद क्षेत्रको समग्र विकासका लागि गुणस्तरीय संरचना निर्माण र प्रभावकारी व्यवस्थापन अत्यावश्यक रहेको बताए। मन्त्री पाण्डेले खेलमैदान, प्रशिक्षण स्थल, कबर्ड हल, स्वीमिङ पूल तथा अन्य भौतिक संरचनाको अवस्था अवलोकन गर्दै आवश्यक सुधारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए् ।

समितिका कार्यालय प्रमुख महेश चन्दले कर्मचारी समायोजन हुन नसक्दा खेलकुद क्षेत्रको बिकासमा अवरोध पुगेको धारणा राखे । खेलकुद क्षेत्रले अझसम्म पनि गणतन्त्रको प्रत्याभूती गर्न नपाएको भन्दै उनले पर्याप्त मात्रामा जनशक्ति नहुँदा खेलकुदको भौतिक पुर्वाधार संरक्षण गर्न कठिनाई भएको दुःखेसो पोखे ।

उक्त कार्यक्रममा प्रशिक्षण प्रमुख जयन्त श्रेष्ठ, समितीका पुर्ब उपाध्यक्ष नरेन्द्र थापा, प्राविधिक सल्लाहकार फरमान अली सिद्दिकी -सोनु), जिल्ला खेलकुद विकास समिती बाँकेका कार्यालय प्रमुख सन्तोष श्रेष्ठ, क्रिकेट प्रशिक्षक दिपेन्द्र प्रताप सिंह, प्रशिक्षक कृष्ण चौधरी लगायतको उपस्थिति रहेको थियो ।

खुलकुद मन्त्रीको निरीक्षण तथा अनुगमनले प्रदेशस्तरमा खेलकुद पूर्वाधारको विकास, सुधार र प्रभावकारी सञ्चालनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया