Listen LIVE

ब्राउन सुगरसहित बाँकेमा दुई जना पक्राउ

नेपालगञ्ज : ब्राउन सुगरसहित बाँके प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–१ राना चोकका २७ वर्षीय बिनोद तामाङ र प्युठान नगरपालिका–२ घर भएका २७ वर्षीय प्रेम आचार्य रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

बाँके प्रहरीका अनुसार राना चोकबाट उनीहरूलाई २ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज तथा अस्थायी प्रहरी बिट विशालनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया