नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले संस्थागत विद्यालयलाई पाठ्यपुस्तक परिवर्तन नगर्न आदेशअनुसार अनुरोध गरेको छ।
विद्यालयले हरेक शैक्षिक सत्रमा पाठ्यपुस्तक परिवर्तन गर्दा अभिभावकमा आर्थिक भार परेको जनगुनासो आएकाले तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तन नगर्न उपमहानगरपालिकाले निर्देशन जारी गरेको हो।
उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव गोर्खबहादुर थापाले तीन वर्षपछि पाठ्यपुस्तक परिवर्तन गर्नुपर्ने भएमा पूर्व स्वीकृति लिनुपर्ने बताए। उनले पूर्व स्वीकृति नलिएर पाठ्यपुस्तक परिवर्तन गरे प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिए।
संस्थागत विद्यालयले स्टेशनरी व्यवसायीसँग मिलेर हरेक शैक्षिक सत्रमा कुनै न कुनै विषयवस्तु परिवर्तन गरेर अभिभावकलाई नयाँ पुस्तक किन्नुपर्ने बाध्यता गराउने गरेको व्यापक जनगुनासो थियो। लामो समयदेखि उठान भएको गुनासोलाई यसपटक उपमहानगरपालिकाले सम्बोधन गरेको छ। कति स्कुलले उपमहानगरपालिकाको आदेशको पालना गर्छन्, हेर्न बाँकी नै छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार