Listen LIVE

भेरी अस्पतालको नयाँ भवनमा ‘अप्रेशन थिएटर’को उदघाटन

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जले आजदेखि नयाँ भवनबाट शल्यक्रिया सेवा दिन शुरु गरेको छ । शल्यक्रिया कक्षको बरिष्ठ आर्थोस्कोपी सर्जन प्रा.डा.अमित जोशीले लाइभ सर्जरी गरेर उदघाटन गरे ।

आर्थोस्कोपी कार्यशालामा सहभागि हुन नेपालगञ्ज आएको अवसरमा डा.जोशीबाट शल्यक्रिया कक्षको उदघाटन गराइएको अस्पतालका मेसु डा.प्रकाश बहादुर थापाले जानकारी दिए ।

घुँडाको भित्रि भागमा चोट लागेर घाइते भएका नेपालगञ्जका १८ वर्षीय युवकको शल्यक्रिया गरेर प्रा.डा.जोशीले भेरीको नयाँ भवनको शल्यक्रिया कक्षको उदघाटन गरेका हुन् ।

शल्यक्रियाको भिडियो लाइभ गरिएको थियो । प्रा.डा. जोशीले कार्यशालाका सहभागि आर्थोकोपी सर्जन तथा अर्थोपेडिक सर्जनहरुसँग लाइभ भिडियो संवाद गर्दै शल्यक्रिया गरेका थिए ।

त्यसक्रममा सर्जनहरुले विभिन्न जिज्ञासाहरु राख्ने गरेका थिए भने प्रा.डा.जोशीले जवाफ दिने गरेका थिए । करिव एक घण्टा लगाएर शल्यक्रिया गरिएको थियो ।

लिगामेन्टको शल्यक्रिया भेरीमा यसअघि पनि भइरहेका थिए । अव विस्तारै शल्यक्रिया सेवा नयाँ भवनबाट दिने तयारी गरिएको मेसु डा.थापाले बताए ।

प्रतिक्रिया