Listen LIVE

जेन–जी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक दिवस मनाइने

काठमाण्डौ : गृह मन्त्रालयले जेन–जी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ ।

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेपछि उक्त निर्णय गरेका हुन् । मन्त्री अर्यालले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका हुन् ।

आन्दोलन क्रममा ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चवापत प्रतिपरिवार एक लाख रुपैयाँ उपलब्ध गराउने तथा मृतकको शव घर ठेगानासम्म पु¥याउने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिए ।

मन्त्री अर्याललाई मन्त्रालयमा गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, निमित्त राष्ट्रिय अनुसन्धान निर्देशक लगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया