दाङ : दाङमा गुणस्तरीय मह उत्पादन र बजारीकरण गर्ने उद्देश्यले आर्थिक वर्ष २०८१/०८२ मा घोराही उपमहानगरपालिका–४ डाँडागाउँमा मह प्रशोधन उद्योग स्थापना गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मौरी जोन दाङको आर्थिक तथा प्राविधिक सहयोगमा मह प्रशोधन उद्योग स्थापना गरिएको हो । किसानको ५० प्रतिशत लगात सहभागिता गरेर १५ लाख ५९ हजार रुपैयाँको लगानीमा मह प्रशोधन उद्योग स्थापना गरिएको थियो ।
मह प्रशोधन उद्योग स्थापना भएपछि किसानलाई सहजता भएको घोराही–४ डाडागाउँ निवासी बि एण्ड बि मौरी फर्मका सञ्चालक भीमकान्त देवकोटा बताउँछन् । प्रशोधन उद्योग नहुँदा मह प्रशोधनसँगै महको बजारीकरणमा समस्या भए पनि उद्योग स्थापना भएपछि बिक्रीका लागि सहज भएको बताए ।
उनले भने,‘‘मह प्रशोधन उद्योग नहुँदा उत्पादन भएको मह बिक्री गर्न समस्या हुने गरेको थियो । उद्योग स्थापना भएपछि महलाई प्रशोधन गरेर प्याकिङ र लेबलिङ गरेर बिक्री गर्ने गरेका छौँ । जसले गर्दा मह बिक्रीका लागि सजिलो भएको छ ।’’
डाँडागाउँमा जस्तै जिल्लाका विभिन्न स्थानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मौरी जोन दाङले किसानसँगको ५० प्रतिशत लागत साझेदारीमा करिब एक करोड ५० लाख लागतमा जिल्लाका दश स्थानमा मह प्रशोधन उद्योग स्थापना गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ दाङकी सूचना अधिकारी चन्द्र शोभा कँडेलले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार