नेपालगञ्ज : वन ग्लोबल माइल अन्तर्गत असार २७ गते-(जुलाई ११ )मा बाँकेको कोहलपुरमा माइल हुने भएको छ । हरेक बर्ष जुलाई ११ मा हुने वन ग्लोबल माइल विश्वभर रनिङ संस्कृति प्रवर्द्धन गर्ने महाअभियान हो ।
Úएक माइल, एक दिन, एक विश्वÚ नारासहित यश बर्ष दर्जन बढी देशमा एकैपटक एक माइल (१.६०९ किलोमिटर) दौड हुन लागेको हो । यो हरेक बर्ष जुलाई ११ मा हुनेछ । यसअन्तर्गत नेपालमा कोहलपुर माइल दौड हुन लागेको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताए । डेढ किलोमिटरको रोड रेस भएकोले सबै उमेर समुहलाई सहभागितामा सहज हुनेछ ।
रेस नेपालको आयोजनामा हुने यश दौडको व्यवस्थापन नेपालगञ्ज म्याराथन टिमले गर्नेछ ।
अमेरिकाको न्युयोर्कस्थित ह्युडसन माइल बिस्तार हुनेक्रममा वन ग्लोबल माइल बनेको हो । वल्र्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस-एम्स)ले आधिकारिक प्रवद्र्धन गरेको वन ग्लोबल माइल विश्वव्यापी गराउन ह्युड्सन माइलका सहसंस्थापक एवं रन बंग्लाका सिईओ जोन बोका र एम्स दुत एवं धारा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीको विशेष भुमिका रहेको रेस डाइरेक्टर गुरुङले बताए ।
कोहलपुर माइल पनि नेपालगञ्ज म्याराथन सिरिजअन्तर्गत रहनेछ । यसमा यसअघि नै नेपालगञ्ज १० म्युजिक नाइट रन, काठमाडौं२५के हेरिटेज रेस, कर्णाली हाफ म्याराथन, गौघाट ग्रीन रन, राप्तीसोनारी नेचर रन लगायत दौड प्रतियोगिता सञ्चालनमा रहेका छन् ।
वन ग्लोबल माइलमा सहभागी हुन एम्सको आवद्धता अपरिहार्य रहेको एम्स दुत टीएस ठकुरीले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार