काठमाण्डौ : लामो समय ‘जुठे सिरियल’बाट दर्शकमाझ पहिचान बनाएको ‘गोथे’ पात्रलाई अब ‘सकस’ सिरियलमा हेर्न पाइने भएको छ ।
‘जुठे’ आफ्नो यात्रा टुङ्गिएपछि ‘गोथे’ पात्रलाई राजु पौडेल (राजु मास्टरले) आफ्नै सिरियल ‘सकस’मा मुख्य पात्रको स्थान दिने भएका हुन् ।
‘सकस’लाई राजुले नै लेखन तथा निर्देशन गर्दै आएका छन् । उनकै अर्को लोकप्रिय पात्र ‘गोथे’लाई पनि सकस कै मुख्य कथामा राख्न लागिएको राजुले बताए ।
‘जुठे’मा गोथेलाई देख्न नपाएपछि धेरै दर्शकको चाहना पनि भयो । यो मायालाई मध्यनजर गर्दै मैले सकसमा गोथे ल्याउने निर्णय गरेको हुँ’ उनले भने, ‘सकसमा यसअघि मैले गरेका अन्य पात्र यथावत रहनेछन् भने गोथेलाई पनि कथामा मिलाएर नै निरन्तरता दिनेछु ।’
गोथेलाई अब ९४ भागबाट सकसमा देख्न पाइने उनले बताए । उनी यतिबेला आफ्नो टिमसहित पोखरामा यसको छायांकनमा ब्यस्त छन् । यसमा पोखराका केही कलाकार जोडिएको उनले बताए ।
‘सकस’ मंगलबार र शनिबार हिमालय टिभी र मास्टर टिभी नामक युट्युब च्यानलमा आउँछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार