एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणका लागि बिहीबार दिल्ली आउँदैछन् । पुटिन झन्डै २८ घण्टासम्म भारतमा हुनेछन् । सन् २०२२ मा युक्रेनसँग युद्ध सुरु भएपछि पुटिन पहिलोपटक भारत आउन लागेका हुन् ।
यस अवसरमा दुई देशबीच विभिन्न सम्झौता हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिहीबारै पुटिनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष डिनर आयोजना गर्नेछन् ।
सन् २०२४ मा मस्को बाहिर आफ्नो निवास (नोवो–ओगारयोवो) मा पुटिनले मोदीसँग झन्डै चार घण्टा एकान्त वार्ता गरेका थिए । बिहीबार मोदीले पनि यसैगरी आफ्नो निवासमा पुटिनसँग लामो समय कुराकानी गर्ने अनुमान लगाइएको छ ।
शुक्रबार दिल्लीस्थित भारत मण्डपममा आयोजित इन्डिया–रुस बिजनेश सम्मेलनलाई पुटिन र मोदीले सम्बोधन गर्नेछन् ।सम्मेलनमा सुरक्षा सम्बन्ध प्रवद्र्धन, व्यापार सम्बन्ध प्रवद्र्धन, विदेशी हस्तक्षेपबाट जोगिने विषयबारे छलफल हुनेछ ।
भारत र रुसले वर्षेनी आलोपालो यो सम्मेलन आयोजना गर्दै आएका छन् । रुस र युक्रेनबीचको युद्ध समाप्त गर्ने विषयमा अमेरिकाले मध्यस्थता गरिरहेको समय पुटिन भारत आएका हुन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिन युद्ध अन्त्य गर्ने विषयमा सकारात्मक रहेको बताएका छन् । युद्ध अन्त्य भएमा पश्चिमा विश्वले रुसमाथि लगाएको आर्थिक नाकाबन्दी क्रमशः हट्दै जानेछ ।
यही समय भारतसँग भने अमेरिकाको सम्बन्ध बिग्रदों छ । भारतबाट आयात हुने सामाग्रीमा अमेरिकाले ५० प्रतिशत कर थोपरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार