Listen LIVE

ब्राउन सुगरसहित बाँकेका ३ जना पक्राउ

बर्दिया : बाँकेका तीनजना ब्राउन सुगरसहित बर्दियाको गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकाबाट समातिएका छन् ।

प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले कोहलपुर नगरपालिका–३ का ३८ वर्षिय किस कुमार थारुबाट १४ ग्राम ४ सय ७० मिलिग्राम लागुऔषध खैरो ब्राउन सुगर बरामद गरेको बर्दिया प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले बताए ।

गुलरिया नपा–११ महम्मदपुरस्थित प्रहरी चौकीबाट खटिएको टोलीले पनि बाँके राप्ती सोनारी–१ खोकरीका २७ वर्षिय सुनिल भण्डारीलाई २ सय ५० मिलीग्राम लागुऔषध खैरो ब्राउन सुगरसहित समातेको छ । यस्तै बाँके खजुराका २८ वर्षिय तीर्थराम कादु पनि १ ग्राम ५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेको देउवाले जनाए ।

तीनै जनालाई नियंत्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लागुऔषध भारतीय सीमा लौकाही र बलैगाउँबाट भित्र्याएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया