Listen LIVE

टी–१२ क्रिकेट प्रतियोगिताको उपाधि नेपालगञ्ज ८ लाई

नेपालगञ्ज : रमवापुर स्पोर्टस क्लबको आयोजनामा जानकी गाउँपालिका वडा–३ मा सञ्चालन भएको वडास्तरीय 'राजकुमार बर्मा टी–१२ जिल्ला क्रिकेट प्रतियोगिता' को उपाधि नेपालगञ्ज उपमहानगरपालिका वडा–८ को टिमले जितेको छ ।

बाँके जिल्लाको विभिन्न २८ वटा वडाको टिमको सहभागिता रहेको सो प्रतियोगिताको फाइनल खेलमा वडा–८ नेपालगञ्जले जानकी गाउँपालिका वडा नम्बर ३ को टिमलाई चार विकेटले पराजित गर्दै उपाधि जितेको हो । 

प्रतियोगिताको उपाधि विजेता टोलीलाई ट्रफीसहित नगद ५० हजार रुपियाँ र उपविजेता टोलीलाई ट्रफीसहित नगद २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको जानकी गाउँपालिका वडा–३ का वडाध्यक्ष राजकुमार बर्माले बताए । 

उनले क्रिकेट खेललाई वडासम्म पु¥याउन र नयाँ खेलाडीको आकर्षण बढाउन सो प्रतियोगिता सञ्चालन गरिएको बताए । प्रतियोगिताको फाइनल खेलमा जानकी ३ ले पहिले व्याटिङ गरेर १२ ओभरमा ११४ रन बनाएको थियो भने नेपालगन्ज ८ ले ११.४ ओभरमै ६ विकेट गुमाएर ११५ रन बनाई विजयी भएको थियो । 

सो खेलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपालगञ्ज–८ का कुँवर धनञ्जयलाई म्यान अफ दी म्याच घोषित गरेर पुरस्कृत गरिएको छ । प्रतियोगितामा राम्रो पदर्शन गरेबापत बेस्ट बलर रूपचन्द कुर्मी, प्लेयर अफ दी टुर्नामेन्ट रेशम शाही र बेस्ट व्याट्समम्यानको पुरस्कार भिम कनोजियालाई प्रदान गरिएको आयोजक रमवापुर स्पोर्टस क्लबका अध्यक्ष जोगराज बर्माले बताए ।

प्रतिक्रिया