नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारीका लागि सकारात्मक सोच सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माको अध्यक्षता एवम् नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुका लागि सकारात्मक सोच सम्बन्धि एक दिने कार्यक्रम सम्पन्न भएको हो ।
बरिष्ठ प्रशिक्षक विनोद कुमार विष्टले सकारात्मक सोच सम्बन्धमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले अभिमुखीकरणले सकारात्मक सोच र उर्जा पैदा भई कार्य सम्पादनमा अझ उत्कृष्टता हासिल हुने विश्वास ब्यक्त गरे । कार्यक्रममा नगर उपप्रमुख कमरुद्दिन राई, शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा लगायत विभिन्न शाखा, वडा, स्वास्थ्य संस्थाका सबै कर्मचारीहरुको उपस्थिति रहेको प्रशासन प्रमुख इन्द्र केसीले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार