बर्दिया : डिभिजन वन कार्यालयले जारी गरेको अतिक्रमण खाली गर्ने सूचना फिर्ता लिन माग गर्दै बर्दियाका भूमिहीन सुकमवासीले प्रदर्शन गरेका छन् ।
संयुक्त भूमि अधिकार संर्घष समिति बर्दियाको आह्वानमा सोमबार जिल्लाका आठ वटै स्थानीय तहमा प्रदर्शन गरेका हुन् । उनीहरुले डिभिजन वन कार्यालयले वैशाख १४ मा जारी गरेको १५ दिने सूचना फिर्ता लिन माग गरेका छन् । वन कार्यालयको जारी गरेको अतिक्रमित क्षेत्र खाली गर्ने १५ दिने सूचनाको म्याद सोमबार सकिँदै छ ।
संयुक्त भुमि अधिकार संर्घष समितिको आयोजनामा मुक्तकमैया भूमि अधिकार संर्घष समिति, भूमि अधिकार तथा श्रमिक संगठन नेपाल, अखिल नेपाल सुकुमवासी संगठन र राष्ट्रिय भूमि अधिकार मञ्चले संयुक्तरुपमा गरेको प्रदर्शनमा चर्को गर्मीमा संख्यामा सुकुमवासी र मुक्तकमैया सहभागी भएका थिए ।
उनीहरुले भूमिहीन, दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीलाई बसोबास गरिएकै स्थानमा व्यवस्थापन गरिनुपर्ने माग राख्दै आएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार