काठमाण्डौ : सिरियाले आईएस समूहसँग लड्नका लागि अमेरिका नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धनसँग सहकार्य गर्ने भएको छ । ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
यसलाई मध्यपूर्वमा अमेरिकी विदेश नीतिको नयाँ सिफ्टका रूपमा हेरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सिरियाली राष्ट्रपति अहमद अल साराबीच ह्वाइटहाउसमा भेटवार्ता भएपछि यस्तो समाचार बाहिरिएको हो ।
फक्स न्युजसँगको कुराकानीमा अल साराले यस भ्रमणले नयाँ युगको संकेत गरेको बताएका छन् । उनले अमेरिका र सिरियाबीच सहकार्य हुने बताए ।
इस्लामिक स्टेटविरुद्ध लड्नका लागि अमेरिका नेतृत्वको वैश्विक गठबन्धनमा सहभागी हुने सिरिया ९०औं देश हुनेछ । ट्रम्प र साराबीचको बैठकमा अमेरिकाले सिरियामाथि लगाउँदै आएका विभिन्न आर्थिक प्रतिबन्धलाई पनि खुकुलो बनाउने सहमति भएको छ ।
ओभल कार्यलमा घण्टौं बैठक गरेपछि ट्रम्पले भनेका छन्, ‘म सिरिया एक धेरै सफल देश भएको हेर्न चाहन्छु । मलाई लाग्छ यी नेताले त्यस्तो बनाउन सक्छन् ।’
सन् २०१२ यता सिरिया र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध निलम्बनको अवस्थामा थियो । यद्यपि, अमेरिकाले अब फेरि वासिङ्टनमा सिरियालाई दूतावास पुनः सञ्चालन गर्न अनुमति दिने भएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार