Listen LIVE

वन्यजन्तुप्रतिको बद्लिँदो दृष्टिकोण

बर्दिया : वन क्षेत्र विस्तार र वन्यजन्तुको सङ्ख्या वृद्धि भएसँगै बर्दिया जिल्लाको मध्यवर्ती क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व तीव्र बन्दै गएको छ । 

विशेषगरी बाघ र हात्तीको गतिविधि बढेपछि स्थानीय बासिन्दा जोखिमपूर्ण अवस्थाबाट गुज्रन बाध्य भएका छन् । वन्यजन्तुको आक्रमणमा पर्ने मुख्य कारणमा दैनिक जीविकोपार्जनसँग सम्बन्धित गतिविधिहरू देखिएका छन् । गाईबस्तु चराउन जाँदा, घाँस काट्न जाँदा र दाउरा वा अन्य वनपैदावर सङ्कलन गर्न जाँदा अधिकांश घटना भएका छन् । 

बर्दिया राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार पछिल्लो आठ वर्षमा वन्यजन्तुको आक्रमणबाट बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरी ४३ वन्यजन्तुको मृत्यु भएको छ । यस्तै मानवीय क्षति, पशुधनको क्षति र अन्नबाली क्षति गरी सोही अवधिमा १३ हजार ५७१ वटा घटना निकुञ्जको तथ्याङ्कबाट देखिन्छ । अधिकांश घटना निकुञ्ज क्षेत्रभन्दा बाहिर वनको सिमानासँग जोडिएका बस्तीमा भएका छन् । करिब ८४ प्रतिशत आक्रमण वनको सिमानाबाट एक किलोमिटरभित्र भएका छन् ।


प्रतिक्रिया