नेपालगञ्ज : नेपाल–भारत सीमामा तस्करी नियन्त्रणका लागि 'मुख्य नाका' नेपालगञ्जको जमुनाहामा सुरक्षा जाँच कडा बनाइएको दाबी गरिएपनि 'अबैध' नाकाबाट भने तस्करी मौलाएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार बढैया, साईगाउँ र बेलभार क्षेत्रका खुला सीमाबाट दैनिकरूपमा विभिन्न सामान नेपाल भित्रिने र बाहिरिने क्रम बढ्दो छ ।
मुख्य नाकामा कडाई गरिएपनि 'अबैध' नाकामा प्रभावकारी निगरानी नहुँदा तस्करी बढ्दै गएको स्थानीयले आरोप लगाएका छन् । तस्करी सशस्त्र प्रहरी र नेपाल प्रहरीका केही सुरक्षाकर्मीको मिलेमतो र 'सेटिङ' मा भइरहेको प्रत्यक्षदर्शीले आरोप लगाएका छन् । यद्यपि, यस सम्बन्धमा सम्बन्धित सुरक्षा निकायले भने आफ्नो बचाउ गर्दै आएका छन् ।
प्रहरी चौकी साईगाउँका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक मोहन बमले स्रोत साधनले भ्याएसम्म नाकामा निगरानी बढाइएको दावी गरे । उनले सकेसम्म आफुहरुले नाकामा निगरानी गर्दै आएको बताए । 'आँखा छलेर तस्करी भएको भए हामीलाई जानकारी भएन । विहान ६ बजेदेखि राती १२ बजेसम्म ड्युटीमै हुन्छौँ,' उनले भने ।
उनले घरायसी सामान ल्याउन सहज बनाएको भएपनि व्यापारिक उद्देश्यका लागि गरिने आयातमा कडाइ गरिएको जिकिर गरे । 'मुख्य नाकामा जाँच कडा हुँदा तस्करहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङमा वैकल्पिक बाटो प्रयोग गरेर तस्करी गराइरहेका छन्,' एक स्थानीयले भने ।
सीमावर्ती गाउँका कच्ची बाटो हुँदै खाद्यान्न, किरानाका सामान, लत्ताकपडा, इलेक्ट्रोनिक लगायतका सामग्री अवैधरुपमा ओसारपसार हुने गरेको स्थानीयको दाबी छ । 'जानकी, डुडुवा र नरैनापुर गाउँपालिकाका विभिन्न वैकल्पिक नाकाबाट तस्करी झनै मौलाएको छ,' प्रत्यक्षदर्शीले भने । खडैचा र साइगाउँ क्षेत्र पछिल्लो समय तस्करीका मुख्य ट्रान्जिट बिन्दुको रूपमा विकास भएको स्थानीय स्रोत बताउँछ ।
सञ्चार माध्यम र सरोकारवाला निकायको पहुँच न्यून भएका कारण ती क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गर्न कठिन भइरहेको स्थानीयले गुनासो गरेका छन् । प्रत्यक्षदर्शी भन्छन्, 'सीमामा खटिएका सुरक्षा निकायले मुख्य नाकामा मात्र नभई खुला सीमामा पनि प्रभावकारी गस्ती, निगरानी र अनुगमन बढाउनु पर्ने भएको छ ।'
जमुनाहाको शर्मा गल्ली र पिप्रहवाबाट समेत तस्करी बढेको त्यहाँका स्थानीयले बताए । शर्मा गल्लीमा इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी र सशस्त्र प्रहरीले ड्यूटी गर्दै आएका छन् । नेपाल–भारत सीमामा तस्करी नियन्त्रणका लागि 'मुख्य नाका' नेपालगञ्जको जमुनाहामा सुरक्षा जाँच कडा बनाइएको दाबी गरिएपनि 'अबैध' नाकाबाट भने तस्करी मौलाएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार बढैया, साईगाउँ र बेलभार क्षेत्रका खुला सीमाबाट दैनिकरूपमा विभिन्न सामान नेपाल भित्रिने र बाहिरिने क्रम बढ्दो छ ।
मुख्य नाकामा कडाई गरिएपनि 'अबैध' नाकामा प्रभावकारी निगरानी नहुँदा तस्करी बढ्दै गएको स्थानीयले आरोप लगाएका छन् । तस्करी सशस्त्र प्रहरी र नेपाल प्रहरीका केही सुरक्षाकर्मीको मिलेमतो र 'सेटिङ' मा भइरहेको प्रत्यक्षदर्शीले आरोप लगाएका छन् । यद्यपि, यस सम्बन्धमा सम्बन्धित सुरक्षा निकायले भने आफ्नो बचाउ गर्दै आएका छन् ।
प्रहरी चौकी साईगाउँका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक मोहन बमले स्रोत साधनले भ्याएसम्म नाकामा निगरानी बढाइएको दावी गरे । उनले सकेसम्म आफुहरुले नाकामा निगरानी गर्दै आएको बताए । 'आँखा छलेर तस्करी भएको भए हामीलाई जानकारी भएन । विहान ६ बजेदेखि राती १२ बजेसम्म ड्युटीमै हुन्छौँ,' उनले भने ।
उनले घरायसी सामान ल्याउन सहज बनाएको भएपनि व्यापारिक उद्देश्यका लागि गरिने आयातमा कडाइ गरिएको जिकिर गरे । 'मुख्य नाकामा जाँच कडा हुँदा तस्करहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङमा वैकल्पिक बाटो प्रयोग गरेर तस्करी गराइरहेका छन्,' एक स्थानीयले भने ।
सीमावर्ती गाउँका कच्ची बाटो हुँदै खाद्यान्न, किरानाका सामान, लत्ताकपडा, इलेक्ट्रोनिक लगायतका सामग्री अवैधरुपमा ओसारपसार हुने गरेको स्थानीयको दाबी छ । 'जानकी, डुडुवा र नरैनापुर गाउँपालिकाका विभिन्न वैकल्पिक नाकाबाट तस्करी झनै मौलाएको छ,' प्रत्यक्षदर्शीले भने । खडैचा र साइगाउँ क्षेत्र पछिल्लो समय तस्करीका मुख्य ट्रान्जिट बिन्दुको रूपमा विकास भएको स्थानीय स्रोत बताउँछ ।
सञ्चार माध्यम र सरोकारवाला निकायको पहुँच न्यून भएका कारण ती क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गर्न कठिन भइरहेको स्थानीयले गुनासो गरेका छन् । प्रत्यक्षदर्शी भन्छन्, 'सीमामा खटिएका सुरक्षा निकायले मुख्य नाकामा मात्र नभई खुला सीमामा पनि प्रभावकारी गस्ती, निगरानी र अनुगमन बढाउनु पर्ने भएको छ ।'
जमुनाहाको शर्मा गल्ली र पिप्रहवाबाट समेत तस्करी बढेको त्यहाँका स्थानीयले बताए । शर्मा गल्लीमा इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी र सशस्त्र प्रहरीले ड्यूटी गर्दै आएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार