नेपालगञ्ज : नेपालगञ्जबाट लागूऔषध ब्राउनसुगरसहित प्रहरीले श्रीमान् श्रीमतीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सिएसटी होटेलबाट करिब ६१ ग्राम २०० मिलिग्राम ब्राउन सुगर, एक थान डिजिटल तराजु ,नेपाली रुपैयाँ ५१ हजार १६०, भारतीय रुपैयाँ १८ हजार र ४ थान मोबाइल फोन बरामद गरेको हो ।
पक्राउ पर्नेहरूमा बर्दियाको बढैयाताल गाउँपालिका–५, जगतपुरका २५ वर्षीय सन्देश थारू र उनकी २३ वर्षीया श्रीमती कनिना थारू रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
वडा प्रहरीको टोलीले उनीहरूले प्रयोग गरेको भे.१०प ८२७५ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।
ब्राउन सुगरसहित पक्राउ परेका श्रीमान् श्रीमतीविरुद्ध आज बाँके जिल्ला अदालतबाट म्याद थप गरेर लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार