Listen LIVE

इजरायलद्वारा वेस्ट ब्याङ्कबाट ५० जना प्यालेस्टिनी पक्राउ

एजेन्सी : इजरायली कब्जा बल (आइओएफ) ले मङ्गलबार वेस्ट ब्याङ्कमा व्यापक गिरफ्तारी र छापा अभियान अन्तर्गत कम्तीमा ५० जना प्यालेस्टिनीहरूलाई पक्राउ गरेको छ।

प्यालेस्टिनी समाचार एजेन्सी (डब्लु ए एफ ए) ले रिपोर्ट गरे अनुसार कल्किल्याको पूर्वमा रहेको अजुन सहरमा इजरायली सेनाले २५ जना प्यालेस्टिनीहरूलाई पक्राउ गरी कुटपिट गरेको छ। यसै गरी अरिहा सहर र जबर र ऐन अल–सुल्तान शरणार्थी शिविर बाट १० जना प्यालेस्टिनीलाई पक्राउ गरेको जनाइएको छ।

सेनाले बेथलेहेमको गवर्नरेटमा, छ जना प्यालेस्टिनी, जेनिनको दक्षिणमा रहेको मिर्का गाउँमा अन्य छ जना र रामल्ला दक्षिणी नब्लस, जेनिन शिविरमा अन्य तीन जना प्यालेस्टिनीलाई पक्राउ गरेको जनाइएको छ।

सोही सन्दर्भमा, सेनाले अल–खलिलको उत्तरमा रहेको बेत उमर सहरका विद्यालय र घरहरूमा आक्रमण गरी दर्जनौँ प्यालेस्टिनीहरूलाई चिसो र वर्षाको मौसममा दुव्र्यवहार गर्दै घन्टौँसम्म बन्दी बनाएको जनाइएको छ।

इजराली सेनाले वेस्ट ब्याङ्कमा प्यालेस्टिनीहरूलाई आतङ्कित पारी उनीहरूको आवागमनलाई प्रतिबन्धित गर्ने कार्यकर्ताहरूलाई सताउने र कैदीहरूलाई मुक्त गर्नको लागि गिरफ्तारी गरिरहेको जनाइएको छ।

प्रतिक्रिया